भारतबाट नेपालले कोरोना विरुद्धको खोप तत्काल पाउने सम्भावना छैन

कोभिसिल्ड

काठमाडौं, ५ जेठ । भारतबाट नेपालले कोरोना विरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबै भन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म विदेश खोप निर्यात गर्न नसक्ने जनाएपछि नेपालले पनि खोप पाउने सम्भावना टरेको हो ।

सिरमले अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्य सम्ममा मात्र निर्यात गर्नसक्ने विज्ञप्ति निकालेरै जनाएको हो । सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं । यो वर्षको अन्त्य सम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

भारतले दिएको १० लाख खोप र थप खोप पनि दिने आश्वासनले नेपालले आफ्ना नागरिकलाई खोप अभियान थालेको थियो । भारतले पठाएको कोभिसिल्ड लगाएका लाखौं नेपाली दोस्रो डोज खोपको प्रतीक्षामा रहेका बेला यो निराशाजनक खबर आएको हो । नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्डको २० लाख खोप किन्न अग्रिम रकम नै भुक्तान समेत गरिसकेको छ । तर भारतले आफैं दोस्रो लहरको चपेटमा परेको भन्दै खोप निर्यात गरेको छैन ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले अरु मुलुकलाई पठाउनुपर्ने करोडौं डोज खोप निर्यात गर्न सकेको छैन । भारतीयको ज्यान जोखिममा राखेर खोप निर्यात गर्न नसकिने पनि कम्पनीले जनाएको छ । भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोना विरूद्ध लड्न सघाउने सरकारी नीतिअनुसार ६ करोड ६० लाख डोज विदेश पठाइएको पनि सिरमले जनाएको छ । भारत सरकारले नै आउँदो अक्टोबर अघि खोप निर्यात खुला नगर्ने बताएकै समयमा सिरमको पनि यो विज्ञप्ति आएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook