भारतीय सीमावर्ती नाकामा गो’ली चल्यो, एक घा’इते

गोली प्रहार

नवलपरासी, ५ जेठ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गो’ली चलेको छ । गो’ली लागेर १ जना घा’इते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टीबाट भारततर्फ जादै गरेका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।

सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई शसस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्र माथि ढुंगा मुढा प्रहार गरेपछि झ’डप भएको सशस्त्र प्रहरी गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी दिए ।

भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्र हुँदै आ’क्रम’णमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गो’ली चलाइएको शसस्त्र प्रहरीले जनाएको छ । गो’ली लागेर घा’इते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर छन् । उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था ग’म्भिर रहेको जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook