यसरी गरिएको थियो अनिताको ह’त्या, आँफै ह’त्या गरी दाजुसँगै भाउजू खोज्न निस्किए बिनोद

hatya

मोरङ, ६ जेठ । मोरङको रङ्गेलीमा घाँ’टी रे’टेर ह’त्या गरिएको अवस्थामा फेला परेकी २४ वर्षीया अनिता यादवको ह’त्यामा संलग्न रहेको अभियोगमा मृ’तकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ स्थित तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेपश्चात जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरीले अनुस’न्धानको क्रममा तत्काल मृ’तकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थप अनुस’न्धानको क्रममा अनिता र बिनोद बिच वि’वाद भई झै-झ’गडा हुँदा मंगलबार राति बिनोदले दाउ प्र’हार गर्दा अनिताको घ’टना स्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिनोद उपर मुलुकी अप’राध संहिता, २०७४ को ज्या’न सम्बन्धी कसू’रमा थप अनुस’न्धान भईरहेको छ ।

यसरी गरिएको थियो अनिताको ह’त्या

मङ्गलबार दिउँसो घरमा देवर भाउजू बीच सामान्य विषयलाई लिएर वि’वाद भएको थियो । वि’वाद पछि बेलुका साढे सात बजे महिला श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् । उनलाई पछ्याउँदै देवर विनोद पनि पछिपछि लागेका थिए । घरदेखि उत्तर करिब डेढ किलोमिटरमा नहरको डिलमा पुगेपछि देवर विनोदले अनितालाई धकालिदिए । भाउजू नहरमा लडिन् र विनोदले अनिताको घाँटीमा धा’रिलो ह’तियार (दा’उ) प्रयोग गरी ह’त्या गरे ।

मंगलबार राति करिब ८ बजे ह’त्या गरेपछि विनोद दा’उ बोकेर घर पुगेका थिए । ह’त्या गरेको पत्तो पाउने भएकोले रगत लतपतिएको दा’उ पानीले धोएर घरमा राखे । राति सम्म श्रीमती घर नआएपछि उनका श्रीमान बेचन श्रीमती खोज्न हिँडे । भाउजू खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए । अनि दाजुसँगै विनोद घर फर्किएका थिए ।

स्थानीयले बुधबार बिहान अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि फरार विनोदलाई प्रहरीले रङ्गेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको थियो । भाउजूको ह’त्या गरेको १२ घण्टा पछि विनोदलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक