मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु

मृत्यु

फुङलिङ, ६ जेठ । तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदी माथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चौधरीको बुधबार साँझ ७ बजे लडेर घ’टना स्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ बाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घ’टना स्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक