नेपाललाई तिब्बतले गर्‍यो आइसीयू, भेन्टिलेटर र अक्सिजन सामग्री सहयोग

nepal tibet

काठमाडौं, ६ जेठ । कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारी विरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

ल्हासा स्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बतले ४० केजी क्षमताका ६०० थान अक्सिजन सिलिण्डर तथा लिक्विड अक्सिजन उपलब्ध गराएको छ ।

त्यस्तै २०० थान आइसीयू बेड, १० थान अक्सिजन कन्सन्ट्रेटर र ५ थान भेन्टिलेटर तथा १५ हजार किट तत्कालै उपलब्ध हुने ढकालले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी दिएका छन ।

तिब्बत सरकारले नेपाल तर्फ बिना अवरोध मेडिकल कार्गो आवागमन गराउने प्रतिवद्धता समेत जनाएको छ । जस अनुसार निजी क्षेत्रले ल्याएका सामग्रीहरु तातोपानी नाका तर्फ आइरहेको पनि जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक