ट्रकको ढालामा झु’न्डिएर एक जनाको मृत्यु

दुर्घटना

काठमाडौं, ६ जेठ । ट्रकको ढालामा झु’न्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दान बहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना ६ ख १९९४ नंबरको ट्रकको खालामा पासो लगाएर झु’न्डिएर भण्डारीको मृत्यु भएको हो ।

त्यस्तै, मोरङको पथरीमा सडक दु’र्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घ’टनामा परेका तीन जना ग’म्भीर घा’इते छन् । पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान दु’र्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दु’र्घटनामा परि मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षे विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षे लक्ष्मी भन्ने लिलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारी साधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्करपियोलाई ठ’क्कर दिँदा दु’र्घटनामा परेको हो । ट्रकको ठ’क्कर बाट स्कारपियोमा सवार दुई जनाको घ’टना स्थलमै मृत्यु भएको थियो भने तीन जना ग’म्भीर घा’इते भएको डिएसपी राईले जानकारी दिए ।

दु’र्घटनामा परी झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षे बिकास उप्रेती, सोही ठाउँका ४५ वर्षे बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षे रोशन उप्रेती रहेको प्रहरीले जनाएको छ । घा’इतेको विराटनगर स्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरु बिरामी भेट्नका लागि विराटनगर तर्फ आउँदै गर्दा दु’र्घटनामा परेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook