सुतिरहेको अवस्थामा एक पुरूषको वि’भत्स ह’त्या

murder

विराटनगर, ७ जेठ । मोरङको सुन्दरहरैचामा एक पुरूषको वि’भत्स ह’त्या भएको छ । घरमा एक्लै बस्दै आएका सुन्दरहरैचा नगरपालिका–३ लोचनीका एक पुरुषको सुतेकै ओछ्यानमा वि’भत्स ह’त्या गरिएको अवस्थामा शव फेला परेको हो ।

धा’रिलो ह’तिया’रले घाँ’टीको अगाडिको भाग क्षतवि’क्षत पारिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शुक्रबार बिहान शव भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घाँ’टीमा धा’रिलो ह’तिया’रले प्रहार गरेर ह’त्या गरिएको अवस्थामा शव फेला परेको हो ।

अर्ध न’ग्न शव रग’ताम्मे अवस्थामा भेटिएको राईले जानकारी दिए । निदाएका बेला कुनै धा’रिलो ह’तिया’रले घाँ’टीको अगाडिको भागका का’टेर ह’त्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुस’न्धानमा खुलेको छ ।

मृ’तक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।

ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा ह’त्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook