राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसमक्ष ओलीको आह्वान

kp-sharma-oli

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसमक्ष आह्वान गरेका छन । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसँग आह्वान गरेका छन ।

उनले भने, ‘बजेट, कोभिड नियन्त्रण र अन्य विभिन्न राष्ट्रिय समस्या समाधान गर्नको लागि आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’ यस्तै उनले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्र वि’रोधी कदम भएको जिकिर गरे ।

आँफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आँफूले लिने बताए । उनले भने, ‘जिम्मेवारी मैले लिएको छु, अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् भन्दा पनि भएन ।’

त्यसैगरी उनले विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउन आग्रह गर्दै नयाँ सरकार बनेको खण्डमा शुभकामना दिएर रचनात्मक सहयोग गर्ने बताए । उनले भने, ‘रचनात्मक सहयोग हुनेछ, सधैँको किचकिच हुँदैन, मेरो दलले सहयोगको भावना राख्छ ।’

त्यस्तै उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेको तर आँफूलाई प्रचण्डले एकपटक पनि टेलिफोन नगरेको खुलासा गरेका हुन । सर्वोच्चको फागुन २३ गतेको फैसला पछि आँफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै उनले भने, ‘सर्वोच्चको फैसलापछि पार्टी एकीकरणका लागि मैले नै प्रचण्डजीलाई फोन गरेको हो । मैले गरेको फोनको विषयलाई उहाँले मिडियामा उडाउनुभयो, मैले नै पटक–पटक फोन गरे पनि उहाँले आजसम्म एकपटक पनि फोन गर्नुभएको छैन ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

10 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook