अष्ट्रेलियाले नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि लागि ७० लाख डलर प्रदान गर्ने

australia

काठमाडौं, ७ जेठ । अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओ मार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाद्वारा अतिनै प्रभावित भारतसँगको सीमावर्ती क्षेत्रका नेपाली अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री, पीपीई, कोभिड-१९ परीक्षण किट र स्वास्थ्यकर्मीलाई तालिम अस्ट्रेलियाले दिदै आइरहेकोसमेत अस्ट्रेलियन सरकारले स्पष्ट पारेको छ ।

पछिल्लो कोरोना माहामारीसँग लड्न नेपालसँगै बङ्गलादेश र श्रीलङ्कालाई समेत सहयोग गरिने अष्ट्रेलिया सरकारले बताएको छ । अष्ट्रेलियाले बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले भनेकी छिन्, ‘अष्ट्रेलियाको सहयोग प्रत्यक्षरुपमा सबैभन्दा धेरै आवश्यक परेका मुलुकलाई जानेछ । अष्ट्रेलियामा रहेका समुदायहरु पनि आफ्ना नेपाल, बंगलादेश र श्रीलंकामा रहेका आफ्ना परिवार र साथीहरुको चिन्ता गरिरहेका छन् ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist