आखिर को हो त ह’त्यारा? (हेर्नुहोस् भिडियो सहित)

Presenting new Nepali lok dohori song Hatyara (हत्यारा ) by Samundra Raj Paudel/Purnakala Bc featuring Ishwor Khati/Aayushma karki/Naresh bc only on Samundra raj Poudel's official YouTube channel

बसुदेव पोखरेल, गुल्मी । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने क्रममा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौँ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकस्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आउने क्रममा लोकप्रिय चर्चित गायिका पुर्णकला विसि र जापानमा रहेर आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका गायक एवम् सर्जक समुन्द्र राज पौडेलको आवाजमा नयाँ गीत ‘ह’त्यारा’ भखरै सार्वजनिक भएको छ । माया छुटाउन समाजले बुनेको जालले अभियोग लागेको कुरा गीतले उठाएको छ ।

निकै उत्कृष्ट शब्द सहितको गीतमा शब्द भने सागर रेग्मी ‘रितेश’ले लेखेका हुन भने चर्चित सर्जक सुरेश रमण अधिकारीले गीतको लय सिर्जना गरेका छन । निशान एसकेको निर्देशन रहेको गीतको भिडियोमा इश्वर खाती, आयुष्मा कार्की र नरेश विसीको अभियन रहेको छ ।

गीतलाई समुन्द्र राज पौडेल युट्युब च्यानल बाट डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको छोटो समयमा नै धेरैको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ । पौडेलका यस अघी पनि निकै उत्कृष्ट गीतहरु बजारमा आइसकेका छन ।

गीतको पुरै भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :


गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक