देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, निर्लज्ज कदमको प्रतिरोध गरौं : गगन थापा

Gagan-Kumar-Thapa - गगनकुमार थापा

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कदमको प्रतिरोध गर्न आह्वान गरेका छन् । नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोप्रति आक्रोश पोख्दै प्रतिरोध गर्न आव्हान गरेका छन् ।

महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ थापाले ट्वीटरमा लेखेका छन्, ‘नेता गण ! न अलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक