संसद विघटन विरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने काँग्रेसको निर्णय

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद विघटन र मध्यावधि निर्वाचन घोषणा विरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद विघटनको कदमले लोकतन्त्र, संविधान र व्यवस्था नै खतरामा परेको निस्कर्ष निकाल्दै रानजीतिक र कानूनी लडाई लाड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनको घटनालाई नेपाली काँग्रेसले असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने जनाएको हो । ‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘न्यायिक लडाई पनि लड्छौ ।’ काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ ।

काँग्रेसले आफ्ना सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि १ सय ४९ सांसदको हस्ताक्षर बुझाउँदासमेत दाबी नपुगेको भन्दै संसद विघटन गर्नु संविधानमाथिको मजाक र घोर असंवैधानिक कदम भएको टिप्पणी गरेको छ । ‘मध्यरातमा नेपाली जनता सुतिरहेको बेलामा यस्तो षडयन्त्र भएको छ । हामीले विपक्षी दलको नेताको नेतृत्वमा हस्ताक्षरसहित बहुमत पुर्याएर सरकार गठन गर्न गरेको दाबी लत्याइएको छ’, काँग्रेस नेता महतको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist