हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, साँझबाट उत्पादन सुरु

अक्सिजन अभाव

हेटौंडा, ८ जेठ । बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड संक्रमित बिरामीको संख्या वृद्धि भएपछि अक्सिजन अभाव भएकाले व्यवसायी दीपक खनाल र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने डा. काफ्लेले बताए । ‘२४ घण्टामा १५ थान ठूलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ,’ उनले भने, ‘परीक्षण पनि भइसकेकाले साँझबाट उत्पादन हुन्छ ।’ मकवानपुरमा पछिल्लो समय अक्सिजन अभाव भए पछि कोभिड अस्पताल सञ्चालन गरेका दुई वटा निजी अस्पतालले उपचार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक