एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

कोरोनाबाटै मृत्यु

झापा, ८ जेठ । झापाको गौरादह नपा–४ को एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमण बाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगर स्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत रहेका थिए ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो । त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । बिहे कार्यमा असावधानी हुँदा ताजपुरिया जनमा सङ्क्रमण सरेको हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist