राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने त्रिपाठी पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने त्रिपाठी पक्राउ

काठमाडौं, ९ जेठ । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य वानेश्वरबाट त्रिपाठीलाई पक्राउ गरिएको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए । मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो । फोटोमा गोबर दल्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गरेका छन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक