माधव नेपालनिकट एक युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन

निर्वाचन आयोग

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पानी बाराबारको अवस्था सृजना भएको छ । ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थालेका छन भने नेपाल पक्षले ओलीका निर्देशनहरु अवज्ञा गरिरहेका छन । यो पार्टी विभाजनको औपचारिक विन्दु कुरेर बसिरहेको देखिन्छ ।

यही बेला नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन ।

गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । २५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ । पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’

नेकपा एमाले भित्रको वि’वाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले पार्टीको चुनाव चिह्न कलम मागेका छन ।

ओली र नेपाल पक्षबीचको विवाद सुल्झाएर पार्टीलाई एक बनाइराख्न दोस्रो तहका केही नेता लागिरहे पनि अब त्यो सम्भावना टर्दै गएको एमालेकै एक नेता बनाउँछन् । यही जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाका लागि वाग्मती प्रदेशको निर्वाचनमा कलम चिह्न लिएका नेपाल पक्षकै स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटाले गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक