डब्लूएचओले नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउने

विश्व स्वास्थ्य संठन

काठमाडौं, ९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आगामी साता कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री पठाउने जनाएको छ । नेपालका साथै दक्षिण एशियाली मुलुक भुटान, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकमा अबको केही सातामा अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले विज्ञप्ति निकाली जनाएको छ ।

कोभिड–१९ को संक्रमणको चपेटमा परेका दक्षिण–पूर्वी एशियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको पनि डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एशियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनेका छन, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्री विभिन्न मुलुक र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ यसअघि डब्ल्यूएचओले भारतमा पठाएको स्वास्थ्य सामग्री त्यहाँको २६ राज्यमा पुगेको पनि जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक