जङ्गली च्याउ खाँदा एकै घरका ९ जना बिरामी

उपचार

सङ्खुवासभा, ९ जेठ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।

जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था ग’म्भीर भएको वडाध्यक्ष कुलुङले बताए । बिरामी पर्नेमा बुद्धबहादुर राई र आमा बुद्धिमाया राई सहित छोरा महेन्द्र, वीरेन्द्र, सहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए । च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक