रिसाए झैँ गरी दिल खोले जस्तो लाग्छ : गजल

Tika Khadka - टिका खड्का - deeyan media

रिसाए झैँ गरी दिल खोले जस्तो लाग्छ
तिमी झर्के पनि मीठो बोले जस्तो लाग्छ

अमृत नै ठानेर पीएको थें तिम्रो माया
त्यसमा नि तिमीले बिष घोले जस्तो लाग्छ

माया कस्तो माया नहुँदा एकछीन साथमा
भतभती यो दिल किन पोले जस्तो लाग्छ

तिमी छेउमा आइ बोल्दा खुशी लाग्छ अनि
आफ्नै ठानी दुख मलाई मोले जस्तो लाग्छ

धोका पाइ तिमीबाट उनलाइ माया गरें
तिमले नै हाम्रो प्रेम बिथोले जस्तो लाग्छ

टिका खड्का
दुदिलाभाटी, १ बाग्लुङ
हाल – साइतामा जापान

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक