गाउँमा गरिब भनेर हेपेपछी जीवन बदल्न हिँडेका हेमन्त बहादुर शाह

अछाम जिल्ला बिनायक नगरपालिका बारला गाउँमा बस्ने युवा श्री हेमन्त बहादुर शाहको बालापन साँच्चिकै संघर्षमा बितेको छ गाउँको उत्कृष्ट परिवारमा जन्म भएता पनि गरिव परिवारमा जन्मेका उनले पढ्न लेख्न समेत ठुलो समस्या झेल्नु परेको थियो ।गरिव परिवारको सामान्य आर्थिक अवस्थाले गर्दा बालकै उमेरमा जागिर खानुपरेको थियो तर पढाई भने कहिल्यै समझौताको क्षेत्रमा परेन । त्यसैले उहाँले कम्प्युटर बिषयमा ईन्जिनियरिङ्ग पास गर्नुभएको छ ।

भारतको गुजरातमा कम्प्युटर अध्ययन गर्ने उनले पहिलो पटक भारतिय रु. ३०००/-(तीन हजार) १४ वर्षको उमेरमा जागिर गरेका थिए । मालिका मा.बि. बारलामा पढेका शाह पढाईमा उत्कृष्ट स्थानमा थिए र फरकै नामले चिनिन्थे । २०७२ सालमा एस.एल्सी पास दिएका हेमन्त बहादुर शाह सबैलाई पछि पार्दै प्रथम श्रेणीमा निस्के पछी गाउँलेहरुले केटो त एकदमै अनुशासित लगनशील र उत्कृष्ट हो तर के गर्ने ? गरिव परिवारमा जन्म लियो , जे पढ्न सक्ने पनि क्षमता थियो तर अभिभावक संग पढाउन सक्ने क्षमता छैन , हामी संग धन छ तर छोराछोरी राम्रा छैनन , तर उसको छोरा उत्कृष्ट छ उ संग पढाउन सक्ने क्षमता छैन , भन्दै गाउँलेहरुले मेरो बुबालाई भनेका थिए ।

म अझै पढेर मेहनत गरेर पढ्छु र कुनै दिन यो समाजले म बाट केही सिकोस भन्ने उद्येश्यले अध्ययन गरेँ । त्यहि हौसलाले मलाई कम्प्युटर क्षेत्रतिर डोर्यायो । अब भने म आफु मात्रै पढ्दिन धेरै ब्यक्तिहरुलाई कम्प्युटर शिक्षामा अग्रसर र जिम्मेवार बनाई आत्मनिर्भर बनाएको र बनाउँदै छु ।

२०५८ साल भाद्र २२ गते मंगलबार अछामको बारला गा.बि.स मा मेरो जन्म भएको हो । बुबा जगत बहादुर शाह तथा आमा सारदा देवी शाहको तेस्रो सन्तानको रुपमा म जन्मेको हुँ । मेरा एउटा दाई, एउटी दिदी र चार वटी बहिनीहरु छिन ।अछामको बारला गाउँमा रहेको हाम्रो घरको आर्थीक अवस्था गतिलो थिएन । बुबा २०५८/५९ साल देखि ६२ साल सम्म जनमुक्ति सेनाको कमाण्डर हुनुहुन्थ्यो भने आमा गाउँमा कृषि गरेर हामीलाई छाक टार्न बालिनाली लगाउनुहुन्थ्यो । त्यो लगाएको बाली पनि चार महिना मात्रै खान पुग्थ्यो  । बाँकीका दिनहरु मुँवाले कसैका गोडमेल गरेर तथा काम गरेर हामीलाई पाल्नुहुन्थ्यो ।

त्यतिबेला हाम्रो गाउँघरमा पढ्नुपर्छ भन्ने मान्यता थिएन । मेरा समकालिन देखि अग्रजहरुसम्म कसैले पनि त्यति धेरै पढेको देखिदैन । दाईले म भन्दा पहिले राम्रो बिषय लिई पढ्नुभयो तर  घरमा आर्थिक स्थिति मजबुद नभएका कारण मामा घरमै बसेर काम गरेर पढ्नु हुन्थ्यो ।२०६३ साल पछि बुबा जनयुद्द बाट घर फर्केर आउनुभयो । म भरखर स्कुल जान सक्ने भएको थिएँ । जनयुद्द सकिएपछी स्कुल गएपछि म बिस्तारै राम्रो र उत्कृष्ट नतिजा र अनुशासित बन्दै गएपछि सबैले मलाई राम्रो नजरले हेर्थे । एस.एल्सी पढ्दाखेरी म गाउँको उत्कृष्ट बिद्यार्थी भएता पनि आर्थिक स्थिति कमजोर भएका कारण साथीहरु मलाई अर्कै नजरले हेर्थै र सबै  एस.एल्सी तयारी गर्न स्रोतकेन्द्रमा ट्युसन कक्षाहरु लिन गए भने म घरमै बसी तयारी गरेँ ।

एस.एल्सी पास गरिसकेपछी बुबा संग केही उपाय नहुँदा खेरी बुबा र मलाई चुनौतिको बिषय बन्यो त्यो क्षण र अन्तिम निर्णय बुबाले भारतमा नोकरी गर्ने र मैले कम्प्युटर आईटी पढ्ने निर्णय गरियो ।

चुनौति अवस्था र समयले कमजोर पारेको बेला नै अगाडी बढ्ने अवसर मिल्दो रहेछ ।“

त्यसपछी बुबा र म आइटी पढ्ने उद्येश्यले भारत गयौँ । भारत जाँदा म पहिलो “All India Computer Association” नामक कम्प्युटर कलेजमा भर्ना भएँ ।  पढाईको शिलशिलामा केही महिना बिति सक्दा मलाई बुबाको श्रमले म युवा छोराले पढ्न मात्रै नराम्रो महशुस भयो ।त्यसपछी मैले एउटा पसलमा काम गर्ने निर्णय गरेँ  । त्यो पसलको मालिकले मलाई भारतिय रु. ३०००/- तलब दिने निर्णय गर्नुभयो । त्यसपछी काम गर्दै जाँदा म आफै कमाएर आफै पढ्न सक्ने अवस्थामा पुगे पछि बुबालाई घर जान भनेर सल्लाह गरेपछी बुबाले आफ्नो ख्याल राख्न भन्दै घर फर्कीनुभयो ।कहिल्यै आमाबुबा बाट अलग नभएको म एक्लै हुँदा कोही नभएको महशुस भएको थियो र थुप्रै चुनौतिहरुको सामना पनि गर्नुपरेको थियो “ ।

 त्यसपछी २०७२ सालपछी ४ बर्षको कम्प्युटर अध्यापन गरिसकेपछी मैले कम्प्युटर हार्डव्यर & नेटवर्किङ्ग ईन्जिनियरिङ्गसकेँ । त्यसपछी भारतिय एउटा कम्पनीले मलाई भारतीय रु. ८००००/- तलब दिई कर्मचारी राख्ने निर्णय गर्यो र मैले सोचेँ मेरै जन्मभुमी नेपालले मलाई हुर्कायो ,पढायो , चुनौतिका सामनाहरु पनि गरायो त मैले अर्काको देशमा काम गर्नु भनि काम ,श्रम गर्नुभन्दा आफ्नै देशमा केही गर्दा नेपाललाई टेवा पुग्छ भनि र मैले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने अठोटका साथ घर फर्केँ । त्यसपछी म काम गर्न भनेर काठमान्डौ लागेँ र नेपालको बिडम्बना ! जागिर खोज्न एक महिना बिति सक्दा पनि नेपालमा आईटी को त्यति आवश्यक छैन र हाम्रा आफ्नै कर्मचारीहरु छन भनि सबैले अस्विकार गरेपछी बिचार गरेँ , नेपालमा आईटी क्षेत्रको बिकास र बिस्तार नभएकै कारण तथा आफ्ना मान्छेहरु भनि दक्षता नभएकाहरुलाई पनि जागिरमा पेल्ने कारणले गर्दा विकास र विस्तारमा पछि परेको रहेछ ।

त्यसपछी म न्यु बानेश्वरमा रहेको “ रेड डायमण्ड रेस्टुरेन्ट”नामक होटेलमा हउसकिपर हुन पुगैँ । कसैले के पढ्नु भएको छ भनि सोध्दा ईन्जिनियरीङ्ग पढेको हुँ भन्न पनि जाल लाग्थ्यो । करिब तीन महिनाको रेस्टुरेन्टको काम गराईपछी बुबाले कैलाली जिल्लाको लम्कीचुहा न.पा.को एउटा कम्प्युटर ईन्स्टिच्युटमा कम्प्युटर ट्रेनिङ्ग गराउने जागिर खोज्नुभएको थियो । केही दिन पछि त्यहाँ गएँ र त्यहाँ सबै मैले ने हर्नुपर्ने र चलाउनुपर्ने रहेछ । करिब एक बर्ष सो सेन्टरमा काम गराईपछी  मैले आफ्नै कम्प्युटर ईन्स्टिच्युट खोल्ने निर्णय गरेँ ।

कोरोना कालमै मैले देश आईटी क्षेत्रमा कमजोर भएका कारण आईटी क्षेत्रलाई ब्यापक रुपमा सबै ब्यक्तिलाई शिक्षित बनाउन नेश्नल एडभान्स कम्प्युटर ईन्स्टिच्युट & टेक्नोलोजी नामक संस्थाको निर्माण गरें र अहिले करिब १५० जना बिद्यार्थीहरुलाई दैनीक रुपमा नेपाललाई कम्प्युटर क्षेत्रमा मजबुद बनाउने उद्येश्यले अध्यापन गराईरहेको छु र थुप्रै संघ संगठनहरुमा रहेर पहुँच पुगेका सबै ब्यक्तिहरुलाई हामीले ब्यक्तित्व निर्माण गरि देशको भलाई , हक र हित हुने कामहरु गर्नुपर्छ भन्दै बिभिन्न किसिमका जनचेतनामुलक र रोजगारमा समावेश गराउँदै छु ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist