पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोनाबाट मृत्यु

पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए । तर, अस्पताल भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि निदान अस्पतालमा उपचार गराइरहेका कर्माचार्यको गएराती निधन भएको हो ।

रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनले संघले सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजक भएको बेला बालश्रम न्यूनीकरणको लागि ठूलो योगदान गरेका थिए । उनी लायन्स क्लब लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा समेत सक्रिय रहदै आएका थिए । उनी हिमचुुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए ।

पोखराकै पुराना कपडा व्यवसायी मध्ये एक भएको कर्मचार्य पोखराको बैंकिङ क्षेत्रमा पनि अगुवा भएको उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइराला बताउँछन् । ‘पोखरा उद्योग वाणिज्य संघको स्थापनादेखि संस्थागत विकासका लागि उहाँको परिवारकै योगदान छ,’ कोइरालाले भने, ‘उहाँको निधनले पोखराले नै क्षति बेहोरेको छ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook