योगगुरु रामदेव फेरी पनि विवादमा, पक्राउ गर्न डाक्टरहरुको माग

ramdev - रामदेव

काठमाडौं, १५ जेठ। कोरोना भाइरसबारे भ्रम फैलाएसँगै विवादमा मुछिएका भारतका योगगुरु रामदेव फेरी पनि विवादमा परेका छन् । यसपटक भने उनि विवादमा पर्नुको मुख्य कारण भनेको आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण हो।

योगगुरु रामदेवले दिएको एक अभिव्यक्तिमा आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए। साथै उनले अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाएका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयको आलोचनापछि रामदेवले उक्त अभिव्यक्ति हटाएका थिए । यद्यपि त्यसपछि उनले आधुनिक औषधिमाथिको प्रहारलाई भने जारी राखे । उनले केही रोगमा औषधिमा काम नगरेको भन्दै आधुनिक औषधिको विरोध गरेका थिए ।

भारतका चिकित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महामारीको बीचमा ‘संवेदनहीन’ अधिव्यक्ति दिएको भन्दै रामदेवको आलोचना गरेको छ । चिकित्सकहरुले रामदेवको अभिव्यक्ति गैर जिम्मेवार र हतोत्साहित बनाउने किसिमको रहेको बताएका छन् ।

रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । उनले लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको बताएका थिए। भारतमा पारम्पारिक उपचार प्रणालीलाई बढावा दिन आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, युनानी चिकित्सा, सिद्ध र होमोप्याथी (आयूष) मन्त्रालय नै छ ।

भारतको स्वास्थ्य प्रणालीको लागि आधुनिक र विज्ञानमा आधारित औषधि मेरुदण्डको रुपमा रहँदै आएको छ । तर, भारतमा वैकल्पिक आयुर्वेद र होमोप्याथी पनि निकै लोकप्रिय छ । रामदेवजस्ता धेरै गुरुहरुले आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रो व्यवसाय पनि चलाइरहेका छन् ।

मे महिनाको सुरवातमा रामदेवको अक्सिजन खोजिरहेका मानिसहरुमाथि मजाक गरिरहेको भिडियो भाइरल भएको थियो । अहिलेसम्म उक्त अभिव्यक्ति उनले कहिले दिएका थिए भन्ने स्पष्ट भएको छैन । यद्यपि उनले गत अप्रिल र मे महिनामा भारतका केही शहरमा अक्सिजन अभाव भएको सुनेको बताएका थिए ।

उनको भनाइ यस्तो थियो :- ‘ईश्वरले हामीलाई निःशुल्क अक्सिजन दिएका छन्, हामीले किन त्यसलाई लिन सकिरहेका छैनौं ? ईश्वरले वायु मण्डलमा नै अक्सिजन भरेर दिएका छन् भने यसको अभाव कसरी हुन सक्छ ? मूर्खहरु अहिले अक्सिजन सिलिण्डर खोजिरहेका छन् । निःशुल्क अक्सिजन लेऊ । किन अक्सिजन छैन, बेड छैन, शमसान छैन भनेर गुनासो गर्छौ ?’ भिडियोमा रामदेवले भनेका छन् ।

रामदेवको उक्त भिडियो भाइरल भएपछि यस विषयमा उनले यस विषयमा माफी माग्नुपर्ने आवाज उठेको थियो ।

त्यसको दुई सातापछि अर्को एक भिडियो सार्वजनिक भएको थियो । जसमा रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको बताएका थिए । उनले आधुनिक उपचार पद्धतिको अभ्यास गरेर कोरोनाको महामारीमा तामासा गरिएको बताएका थिए । उनको यो अभिव्यक्तिपछि धेरैले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रामदेवलाई पक्राउको माग गरेका थिए ।

रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउको चर्को दबाब आएसँगै रामदेवले आफूलाई पक्राउ गर्न सरकारलाई नै चुनौती दिएका थिए । उनले एक भिडियोमा भनेका छन्, ‘पक्राउ त स्वामी रामदेवलाई तिनीहरुको बाबुले पनि गर्न सक्दैनन् । तर, हल्ला गरिरहेका छन् कि छिटै रामदेवलाई पक्राउ गर । कहिले के हल्ला चलाउँछन्, कहिले के हल्ला चलाउँछन् । कहिले ठग रामदेव, कहिले महाठग रामदेव त कहिले गिरफ्तार रामदेव । उनीहरुले हल्ला गर्दै गर्छन् गर्न देऊ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist