उज्वल थापाको परिवारले भन्यो – ‘दुर्गा प्रसाईंको सहयोग रकम लिँदैनौ’

उज्वल थापा

काठमाडौं, १५ जेठ । विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग रकम नचाहिने परिवारले जनाएको छ ।

कोरोना संक्रमण पश्चात दुई सातादेखि उपचार गराइरहेका थापाको लागि प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपचार खर्च बेहोर्ने जनाएका थिए । तर, थापाको परिवारले प्रसाईंको खर्च नलिने जनाएको हो ।

परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराएका हुन ।

यस्तै उनले उज्वल थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा २६ लाख ५० हजार रुपैयाँ जम्मा भएको र सोही बाट उनको उपचार जारी राखिएको जानकारी दिए । उनले उपचारका लागि थप खर्च आवश्यक परेको खण्डमा पनि सोही प्रक्रिया मार्फत उपचार गराउने बताएका छन ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष एवं विवेकशील साझा पार्टीको पूर्व संयोजक समेत भएका थापाको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा दुई हप्तादेखि उपचार भइरहेको छ । यसैक्रममा उनको अहिले इसीएमओ प्रविधिबाट उपचार भइरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist