अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारीले पठाइन् बाइडेनलाई पत्र

विद्यादेवी भण्डारी

काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनसँग खोपको सहयोग माग्दै पत्र पठाएकी छन । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाएका हुन ।

मासिङ्गासँगको भेटमा खतिवडाले नेपालमा कोभिड–१९ र खोपको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अमेरिकी सहयोगसँग खोप सहयोगको लागि अनुरोध गरेको अमेरिका स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालले अस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप सहयोगको अपेक्षा राखेको उल्लेख गर्दै खरिद प्रक्रियामा पनि सहजीकरण गरिदिन आग्रह गरेको छ । जवाफमा मासिङ्गाले नेपालमा अहिले भइरहेको महामारीबाट भएको मृत्युप्रति सहानुभूति प्रकट गर्दै अमेरिकी सरकारले कोभ्याक्स र द्विपक्षीय माध्यमबाट नेपाललाई अस्ट्राजेनिका खोपको निश्चित मात्र छिट्टै नै उपलब्ध गराउने आश्वासन दिएको दूतावासले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook