पहिरोले घर भत्किँदा च्यापिएर तनहुँमा एक जनाको मृत्यु

पहिरो

तनहुँ, १५ जेठ । बिहीबार देखि लगातार भइरहेको वर्षाका कारण आएको पहिरोले तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– १ निर्मलनगरकी ६२ वर्षीया सरस्वती घर्ती रहेकी छन् । गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर ग’म्भीर घा’इते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा परिवारका अन्य चार जना सदस्यहरू सुतिरहेको भए पनि उनीहरु भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक