द भ्वाइस अफ नेपालका ‘कोच’ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

दीप श्रेष्ठ

नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणसँगै उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था अहिले सामान्य बन्दै गएको संगीतकार लक्ष्मण शेषले जानकारी दिए ।

श्रेष्ठको अक्सिजन लेभल कम हुनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले अक्सिजन लेभल बृद्धि हुनुका साथै स्वास्थ्यमा पनि सुधार हुँदै गएको शेषले जानकारी दिए ।

गाएक श्रेष्ठ एक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचसमेत रहँदै आएका छन्। शोका कोच प्रमोद खरेल तथा तृष्णा गुरुङलाई पनि कोरोना संक्रमण भएको थियो । हाल उनीहरु भने संक्रमणमुक्त भइसकेका छन् । शोका कोचहरुमा नै कोरोना संक्रमण देखिएपछि गत सातादेखि ‘द भ्वाइस अफ नेपाल’को प्रसारण बन्द भएको छ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक