नेपाली राष्ट्रिय टोली कुवेत जाँदै

football

इराकको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलपछि नेपाली राष्ट्रिय टोली विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि आज कुवेत जाँदैछ ।इराकसँग ६–२ गोलअन्तरले पराजित भएयता नेपाली टोलीले कुवेतमा विश्वकप छनोटअन्तर्गत जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेइसँग खेल्दैछ ।

यी तीनै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । कोरोना महामारीका कारण एएफसीले स्वतन्त्र भूमिमा सबै खेल एकैपल्ट खेलाउने निर्णय गरेपछि कुवेत सारिएको हो । छनोट प्रतियोगिताको सोही समूहमा रहे पनि नेपालले कुवेतसँगको दुवै खेल खेलिसकेको छ ।

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्नेछ । यसअघि नेपालले कुवेतसँग दुई तथा अस्ष्ट्रेलिया र जोर्डनसँग पराजित भएको छ भने चाइनिज ताइपेइलाई पराजित गरेको छ ।

नेपाल गणीतीय रुपमा छनोट सम्भावनाबाट बाहिरिइसकेको छ । कोरोनाका कारण चलायमान हुन नसकिरहेको नेपाली फुटबललाई यसले गति भने दिएको छ । नेपाली टोलीको हौसलाका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पनि टोलीसँगै छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist