‘आइफोन–१३’को डिस्प्ले सामसङले उत्पादन गर्ने

iphone-12-pro

अर्को वर्ष सार्वजनिक हुने अनुमान गरिएको ‘आइफोन–१३’को डिस्प्ले सामसङले उत्पादन गर्ने भएको छ। द इलेकका अनुसार सन् २०२१ मा एप्पलले करिब १८ करोड आइफोन बेच्ने योजना बनाएको छ र यी उपकरणमा प्रयोग हुने डिस्प्ले उत्पादनको जिम्मा सामसङले पाएको हो।

सामसङ डिस्प्ले कम्पनीले आइफोनका लागि ओएलइडी प्यानल डिस्प्ले उत्पादन गर्नेछ, जुन ‘आइफोन–१२’का मोडल र अर्को वर्ष सार्वजनिक हुने ‘आइफोन–१३’मा प्रयोग हुनेछ।

‘आइफोन–१३’मा प्रयोग गरिने डिस्प्ले ‘आइफोन–१२’मा प्रयोग हुने भन्दा राम्रो हुने रिर्पोटले बताएको छ। यसका चारवटा मोडलमध्ये दुईवटा ‘आइफोन–१३ प्रो’ मोडलमा लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन अक्साइड थिन फिल्म ट्रान्सिस्टर फिचर भएको डिस्प्ले प्रयोग हुनेछ।

यो डिस्प्ले पातालो आकारको हुने भएपनि बलियो हुने कम्पनीले दाबी गरेको छ। यसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसैगरी ‘आइफोन–१३’का अन्य दुई सामान्य मोडलमा भने लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन सिलिकन टिएफटी ओएलइडी प्यानल डिस्प्ले प्रयोग हुनेछ, जुन एलजी डिस्प्ले कम्पनीले वितरण गर्ने द इलेकले जनाएको छ।

एप्पलले यो वर्ष बेच्ने १८ करोड आइफोनमध्ये १५ करोड करोड नयाँ आइफोनका लागि सामसङले डिस्प्ले उत्पादन गर्ने छ। बाँकी ३ करोड आइफोनका लागि भने एलजी कम्पनीले उत्पादन गर्ने छ।

रिर्पोटका अनुसार अर्को वर्ष एलजीले करिब ४ करोड आइफोनका लागि ओएलइडी डिस्प्ले बनाउने लक्ष्य राखेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist