कोरोना संक्रमितको संख्या घट्दै – निको हुने बढ्दै

fight with corona

काठमाडौं, १७ जेठ । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

6 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook