कोरोनालाइ जितेर अघि बढेका यी कलाकारहरुको भनाइ यस्तो

sarita lamichhane सरिता लामिछाने

काठमाडौं, १७ जेठ । देश अहिले कोभिड-१९ को महामारीले आ’क्रान्त छ । समाजका धेरै क्षेत्रका व्यक्ति कोरोनासँग जुधिरहेका छन् । यसैमध्ये कलाकारहरु पनि कोरोना प्रभावित भए । कति कलाकारले कोरोनासँगको लडाइँ हारे । कति लडिरहेका छन् । र, कतिले यसलाई परास्त गरिसकेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले कोभिड त जिते तर, त्यसपछि देखिने समस्यासँग लडिरहेका छन् । उनी निकै कमजोर बनेका छन् । रक्तचापमा पनि घटबढ भइरहन्छ ।

अर्का हाँस्य कलाकार शिवहरी पौडेल पनि कोभिडबाट उम्कन सकेका छैनन् । उनी अस्पतालमा अक्सिजनको सहारामा छन् । यद्यपि, अवस्था ख’तरामुक्त छ । त्यस्तै, कुनै समयका चर्चित नायक कृष्ण मल्लको सपरिवारले कोरोना जितेको छ । सिनेम्याटोग्राफर विष्णु कल्पित पनि कोरोना संक्रमण मुक्त भएका छन् ।

गहना, परिचय जस्ता टेलिसिरियल बाट चर्चा कमाएकी कलाकार सरिता लामिछानेको सपरिवार पनि कोभिडको मारमा परे । उनका श्रीमान निर्देशक ऋषि लामिछाने र छोरी मात्रै हैन, उनीहरुसँगै बस्दै आएकी सरिताकी भतिजी समेत कोभिडबाट अछुतो रहन सकिनन् । अहिले यी चारै जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने कमजोर नै छ ।

सरिता भन्छिन, ‘मैले १६ दिनसम्म जस्तो जिन्दगी बिताएँ, त्यो कसैले भोग्न नपरोस्। यी अत्यन्तै पीडादायी दिनहरु थिए । यसलाई म शब्दमा बयान गर्नै सक्दिनँ । अहिले पनि सास फेर्न समस्या हुने भइरहेको छ । जीवनमा ४० वर्ष बिताउँदा सबैभन्दा पीडादायी क्षण यही दिनहरु भए । हामी आफूलाई पर्दा मात्रै सचेत बन्दा रहेछौं । नत्र हेलचक्र्याइँ गर्दा रहेछौं । हामीसँग सम्पति होला, नामको चर्चा पनि होला तर, जिन्दगी शून्य हो, सधैं सकारात्मक हुनुपर्छ भन्ने मान्छे हो म । तर, यो कोभिडले जिन्दगीलाई अझै बुझाइदियो । जिन्दगीमा सबैथोक छ तर एक्लै हुन्छ । नजिकका मान्छेहरुले गेट वेल सुन भन्छन्, हामी छौं भन्छन् तर भोग्ने त एक्लैले हो ।’

त्यस्तै, उनका श्रीमन चलचित्र निर्देशक ऋषि लामिछानेले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् । ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।

‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ लामिछानेले अगाडि लेखेका छन् ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन । अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’

केही गुनासो समेत गरेका लामिछानेले अगाडि भनेका छन् ‘लडे खिसी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिकको टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो । यो सबै देखे पनि, भोगे पनि । यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु ।’

लामिछानेले आफ्नो उपचारमा सक्रिय डाक्टरहरु समेत धन्यवाद दिँदै धर्मपत्नीको रुपमा सरिता लामिछाने पाएकोमा आफू भाग्यमानी रहेको धारणा पनि राखेका छन् ।

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs See MoreSee Less
View on Facebook

Thank you everyone for your love 🙏🙏🙏🙏

Posted by Sarita Lamichhane on Thursday, May 20, 2021

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook