हिमाली साँस्कृतिक परिवारका अध्यक्ष तथा संस्कृतिकर्मी गुरुङको निधन

हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन

पोखरा, १८ जेठ । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । ३ साता अघि नै काेराेना संक्रमणबाट मुक्त भए पनि उनमा मुटुको समस्या देखिएको थियो ।

मुटुको उपचारकै क्रममा सोमबार राति फिस्टेल हस्पिटल उनको निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो ।

स्वर्गीय गुरुङको आजै बौद्ध अर्घौं सदनमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । उनले पोखरामा स्थापना भएको हिमाली साँस्कृतिक परिवारमा लामो समय सम्म एकल नेतृत्व गर्दै आएका थिए । लामो समयदेखि उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधी लगायतका प्रस्तुति देशविदेशमा प्रदर्शन गर्दै आएको थियो । स्वर्गीय गुरुङका १ छोरा र १ छोरी छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

6 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook