मानिसमा पहिलोपटक भेटियो बर्ड फ्लु

चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ । आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो । जिआंग्सूस्थि तझेनजियांग शहरका एक ४१ वर्षीय पूरुषमा यो संक्रमण देखिएको हो ।

कुखुरा पालनबाट यो संक्रमण फैलिरहेको ठानिएको छ । यद्यपी, ठूलो स्तरमा यो संक्रमण फैलने खतरा निकै कम रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य केही लक्षण पनि देखिएको थियो । एक महिनापछि अर्थात् २८ मेइमा H10N3 बर्ड फ्लु संक्रमण पुष्टि भयो । यद्यपी, यो भाइरसको खतरा धेरै नरहेको आयोगले जनाएको छ ।

त्यस्तै पीडित व्यक्तिको स्थिती अझै पनि सामान्य छ र चाडैं उसलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । त्यस्तै, यी व्यक्तीको सम्पर्कमा आएका मानिसहरुमा पनि यो संक्रमण सरेको छैन । चीनमा एभियन इन्फ्लुएन्जाका धेरै स्ट्रेनहरु मौजूद छन् र यसबाट केही मानिस संक्रमित भइसकेका छन् । -एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist