आफ्नै १४ वर्षीया छोरीलाई यौ’न दुर्व्य’वहार गर्ने बाबु पक्राउ

बला'त्कार

काठमाडौं, १९ जेठ । काठमाडौँमा आफ्नै १४ वर्षीया छोरीलाई यौ’न दुर्व्य’वहार गरेको अ’भियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले डरत्रास धा’कध’म्की दिई यौ’न दुर्व्य’वहार​ गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भू बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यता, बालिका बला’त्कार गरेको आ’रोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बला’त्कार गरेको पी’डित पक्षको आ’रोप छ । आ’रोपी गोदावरीमा बस्दै आएका थिए । आइतबार साँझ उनले बालिका बला’त्कार गरेको प्रहरीको प्रारम्भिक अनुस’न्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक