तपाईंको आज: २५ जेठ २०७८ मंगलवारको‌ राशिफल

राशिफल - rasifal

२५ जेठ २०७८ मंगलवार – अतिगंदा वनाजी भरणी Jun 08, 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरमा थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । कामका सवालमा उठ्ने गोप्य कुरा बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारीसाधनको प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने ग्रहयोग छ । दाजुभाइसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । साँझपख समय मध्ययम रहेकाले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आत्मीय मित्र तथा साथीभाइको सहयोगले सकारात्मक काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –   आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाँती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist