कोरोनाबाट एउटै नगरपालिकाका दुई वडा अध्यक्षको निधन

death

रौतहट, २१ जेठ । कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्या’न गएको छ । रौतहटको गरुडा नगरपालिका वडा -२ गेडहीका वडा अध्यक्ष विष्णु देव सहनीको गएराती उपचारको क्रममा मृत्यु भएको हो ।

करिब एक महिना देखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो । घरमै रहेका बेला संक्रमित भएका उनलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उनका आफन्त रामगीर मुखियाले जानकारी दिए । उपचारकै क्रममा उनको निधन भएको मुखियाले बताए ।

यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताए ।

गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले एक शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । रौतहटमा अहिलेसम्म १०५ जनाले कोरोनाका कारण ज्या’न गुमाइसकेका छन् भने संक्रमितको संख्या ११६७ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist