३ उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डल पुनर्गठन, हेर्नुहोस् को-को गए अनी को-को आए

३ उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डल पुनर्गठन, सपाबाट ८ मन्त्री र २ राज्यमन्त्री, एमालेका ४ मन्त्रीले मात्रै पाए निरन्तरता

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्री सहित सत्ता साझेदार बनाएका हुन् ।

यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् । प्रधानमन्त्री ओलीले तीन जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जस अनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री सहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ ।

यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयले आफैसँग राखेका छन् । पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद् :-

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय
  • विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
  • राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री
  • रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री
  • लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री
  • बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री
  • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
  • कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री
  • लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री
  • शरतसिंह भण्डारी : ऊर्जा मन्त्री
  • अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री
  • उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री
  • चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
  • एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री
  • चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री
  • रेणुका गुरुङ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनसंगै १० मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा गरिएको छ । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि नै नियुक्त गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहित पहिलो पटक प्रतिनिधि सभा विघटन पछि नियुक्त भएका प्रेम बहादुर आले सम्मलाई बिदा दिइएका छन ।

बिदा भएका मन्त्रीहरु :-

  • ईश्वर पोखरेल : उपप्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • प्रदीपकुमार ज्ञवाली : मन्त्री परराष्ट्र
  • हृदयेश त्रिपाठी : स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री
  • भानुभक्त ढकाल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  • पद्माकुमारी अर्याल : कृषि तथा पशुपन्छी विकास मन्त्री
  • पार्वत गुरुङ : सञ्चार तथा सूचना प्रविधि मन्त्री
  • डा. शिवमाया तुम्बाहाङफे : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
  • गणेशसिंह ठगुन्ना : सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  • प्रेम बहादुर आले : वन तथा वातावरण मन्त्री
  • जुलीकुमारी महतो : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
  • नवराज रावत : राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री
  • रामबिर मानन्धर : राज्यमन्त्री, शहरी विकास मन्त्री
  • विमला वि.क. : राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook