कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर

गौरीफन्टा नाका

काठमाडौं, २२ जेठ । सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन् । त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन् । नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांक अनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो ।

‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ । कुनै दिन त आउने भन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने ।

जेठ ११ यता भारत बाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ । जबकि त्यस अघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो। १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए । – अन्नपूर्ण पोस्ट् दैनिकबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक