रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको छ : रुसी राष्ट्रपति

भ्लादिमिर पुटिन

रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताएका हुन ।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रसियाले आगामी दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताएको हो । विपक्षी दलका नेता नवाल्नी क्रेमलिन प्रति पुटिन सरकारले गरेको व्यवहार प्रति अमेरिकाले कडा आलोचना गरेसँगै दुवै देशको सम्बन्ध थप चिसिएको थियो ।

यस्तै युक्रेनको द्वन्द्व र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा रुसको संलग्नता रहेको अमेरिकाले आ’रोप लगाउँदै आएको छ ।

राष्ट्रपति पुटिनले कोरोना महामारीको बेलामा साभा मु’द्दा लिएर अघि बढ्न तयार रहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । – एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक