फेसबुकले ट्रम्प माथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने

डोनाल्ड ट्रम्प

सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ । फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।

फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्ने माथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्प माथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ । गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्र’मणको भोलिपल्ट फेसबुकले ट्रम्प माथि निलम्बन गरेको थियो ।

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरु माथि आक्र’मण गरेका थिए । सो हिं’सात्मक गतिविधिलाई उक्साएको भन्दै फेसबुकले ट्रम्प माथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सो नियम तोड्ने माथि कम्तिमा दुई वर्षको प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ ।

यता ट्रम्पले आफू माथि अनावश्यक रुपमा प्रतिबन्ध लगाएको भन्दै फेसबुकको आलोचना गर्नुभएको छ । यस्तै अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि ट्रम्पम माथि स्थायी रुपमा प्रतिबन्धको घोषणा गरिसकेको छ । -एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook