बोरुसिया डर्टमन्डले ८ करोड १५ लाखमा सान्चोलाई बेच्ने तयारी

jadon sancho - जेडन सान्चो

बोरुसिया डर्टमन्डले जेडन सान्चोको स्थानान्तरण शुल्क कम गरेसँगै म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउने तयारी थालेको छ । म्यानचेस्टरले गत वर्ष पनि सान्चोलाई भित्र्याउन चासो देखाएको थियो । तर गत सिजन डर्टमन्डले मागेको १० करोड ८० लाख पाउन्ड तिर्न युनाइटेड सहमत भएन ।

यसपटक भने बुन्डेसलिगा क्लब डर्टमन्डले ८ करोड १५ लाखमै सान्चोलाई बेच्ने भएको छ । कुनै पनि क्लबले यति मुल्य तिर्नसके यी इंलिस विंगरलाई आबद्ध गर्न पाउनेछन् ।जाडनले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ एसिस्ट गरेका थिए । त्यहीकारण पनि युरोपका धेरै क्लबले उनलाई भित्र्याउन चाहेका छन् ।

२१ वर्षीया सान्चोले २०१७ मा डर्टमन्डबाटै आफ्नो व्यवसायिक करियर सुरु गरे । उनले अहिलेसम्म डर्टमन्डका लागि १ सय ४ खेलमा ३८ गोल गरिसकेका छन् । सान्चोले युवा अवस्थामा भने वाटफोर्ड र म्यानचेस्टर सिटीको एकेडेमीबाट खेलेका थिए । इङ्ल्यान्डबाट उनले २०१८ मा डेब्यु गरे । अहिलेसम्म १८ खेलमा उनले ३ गोल गरिसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist