नेपाली संगीतको पुरानो इतहिास र बर्तमान अवस्था

Tika Khadka - टिका खड्का - deeyan media

सृष्टिको सुन्दरतम रचना मध्य संगित एक अभिन्न अंग हो । सायद संगित विना यो विशाल जगतमा कोहि प्राणि पनि सन्तुष्ट हुनसक्दैन जस्तो लाग्छ । जति पनि जिवित प्राणि छन् जस्को श्रव्य शक्ति छ तिनीहरुलाई संगित आवश्यकता पर्छ । चाहे सुखमा होस चाहे दुखमा होस, चाहे त्यो पिडामा होस चाहे मनोरन्जनको लागी होस जस्तोसुकै परिस्थिती किन नहोस तर उसलाई संगित चाहिन्छ धुन चाहिन्छ नै ।

संगित सवै प्राणि जगतको अमूल्य गहना हो । विश्वको इतिहासमा संगित सयौ शताब्दि प्राचिनकाल देखिनै स्वतन्त्ररुपमा आ–आफ्ना शैलिका भाषाभाषीमा गित गाउने संगित भर्ने जस्ता क्रियाकलाप भइआएको थियो भन्ने कुरा पढ्न पाइन्छ भने पछिल्लो समयमा प्रविधिको विकास संगै गीत रेकर्ड गरेर संगितलाई पनि व्यवसायीकरण गरीयो र सबको घर घरमा चोक चोकमा गितहरुको माहोलमा रमाउन थालीएकोछ । संगितले दिने आत्मिक शान्ति र आनन्दको कुनै पनि निश्चित तुलना हुन सक्दैन । यदि यो संसारमा संगित नभएको भए जिवनमा एउटा कुनै कुराको छुट भएको महशुस हुथ्यो होला ।

त्यसै गरि नेपाली संगीतको पनि युगौ पुरानो इतहिास छ, नेपालमा संगितको माहोल जम्न थालेको लगभक विसं १९६५ तिर बाट सुरु भएको हो भन्ने कुरा इतिहासमा पाइन्छ । भारतको कलकत्तामा गायक सेतुराम बाट गित रेकर्ड सुरु भएको इतिहास छ । यसभन्दा अगाडि भने असंख्या गायक गायीकाहरुले विभिन्न आफनै शैली बाट बनपाखामा, मेलापात, घास दाउरा गर्दा सामाजीक परम्पराका गित गाए होलान तर नेपालमा गित रेकर्ड गर्ने कुनै पनि प्रविधि भित्रीएको भने थिएन रे ।

२००७ सालबाट मात्र नेपालमा गित संगितले एउटा साँघुरो भए पनि बाटो पाएको पाइन्छ । जे जसो भए पनि नेपालमा पनि एक किसीमको नेपाली समाज राष्ट्रचिनाउने र छुट्टै आफ्नो पन झल्काउने किसिमका गीतहरु रेडियो नेपालबाट गुञ्जिन थाल्यो र नेपाली गायक गायीकाहरुको कलाको सानो रुपमा भए पनि कदर हुन थाल्यो । यो गित संगितको विकास क्रम संग सगै नेपाली गीत संगितको इतिहासमा शुभसंकेत मात्रनभै कोसेढुंगा समेत सावित हुन पुगेको पाइन्छ ।

बिस्तारै बिस्तारै भएता पनि नेपाली गीत संगितले अहिलेको २१ औ शताव्दिको माहोललाई तिब्र गति दिइ नै रहेको महशुस गर्न सकिन्छ । एक हिसावले भन्ने हो भने बिस्तारै बिस्तारै भएता पनि नेपाली गीत संगितले तुलानात्मक रुपमा वजार विस्तार गर्दैछ र छुट्टै माहोल तताउदै छ । नेपाली कलाकारहरु संगितबाटै जिवीकोपार्जन गर्ने स्रोत भने बन्न सकिरहेको छैन । नेपाली सुगम संगितका हस्तीहरु सेतुराम, नारायण गोपाल, दिपक जंगम, दिप श्रेष्ठ, योगेश वैध्य, प्रेमधोजप्रधान, फत्तेमान राज भण्डारी जस्ता थुप्रै हस्तीहरुले नै गर्दा नेपाली संगितले अझै मुलबाटो पाएको हो जस्तो लाग्छ ।

खास त पछिल्लो समयमा गित संगितलाई गायक गायीकाहरुको खुवी र भविष्यको सम्भावाना कस्तो छ र गायक गायीकाको लागी छनौटमा पर्ला या नपर्ला भनेर जाच बुझ गर्नु भन्दा पनि बढि सोर्स र्फोसको जमना भित्री सकेको छ । खुविको पहिचान भन्दा पनि औकातबाट कलाकारको पहिचान गर्न थालएिको छ । हुन त हाम्रो देशमा कानुन बन्छ तर त्यसको सकरात्मक तरिकाले सदुपयोग भने विरलै पाईन्छ । नेपालमा संगितको कुनै नियम कानुन छैन विभिन्न कलाकारहरुको विभिन्न ठाउँमा संघ संघठन भएता पनि त्यो संगठनहरुको निश्चित केन्द्रविन्दु भने बनेको छैन ।

नेपालको पहिचान, रिती रिवाज, भाषा र सस्कृति झल्काउने खालका गित संगितले अहिले आएर विकृति र विसंगतिको रुपलिईरहेको छ । खोइ त यसको मूल्यंकन ? जस्ले जे गरे पनि हुन्छ ? बाधिनको लागी नियम छैन ? नेपालको पहिचान झ्याउरे गीत, लोकदोहोरी गीत,सोरठि यानिमाया, विभिन्न भाषा भाषिका गीतहरु जस्ता थुप्रै गित संगितले आफ्नो प्यार्टन छाडिसकेका छन् । लोकदोहोरी गीतको आफ्नो छुट्टै विशेषता बोकेको छ । विशेष गरी नेपाली लोकदोहोरी गीत अहिलेको बजारमा सस्ता र लोकप्रियताको लागि छाडापन तिर लम्किदै छ कि जस्तो लाग्छ ।

गाउनु बजाउनु र नाच्नुको संयोजन संगीत हो । लोक सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो । यो एकपछि अर्कोमा मौखिक रूपमा हस्तान्तरिक हुने गर्दछ । यो समाजको गीत हो र समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ । त्यसैले समयको माग अनुसार सम्पूर्ण कुराहरु परीवर्तन हुन जरुरी हुन्छ तर पहिचान नै भत्किने गरि परिर्वतन त हुनु पक्कै पनि गलत हो नै । जति सुकै नेपाली संगित राम्रो भएता पनि यि यावात खरावीले गर्दा नेपालको संगित कतै खस्किने अवस्था आउदैन होला भन्न सकिदैन ।

जति नै शब्द खर्चिय पनि संगीतले ओगटेको क्षेत्रफलको यहा बखान गरेर सकिदैन । संगीत आफैमा एक सुन्दर शब्द हो । जस्ले आफ्नो पहिचान सदियौ काल देखि व्यापक बनाइरहेको छ । कला सस्कृति आफ्नो पहिचानको मूल ढोका नै संगीत भएकोले हामी सबैले साझा चौतारी बनाएर यस्को अझै उत्थान र प्रबर्धनको लागि संयोमित हुन जरुरी देखिन्छ । (जय गीत जय संगीत)

टिका खड्का
दुदीलाभाटी १ बाग्लुगं
हाल जापान

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist