गृहमन्त्रीबाट बाहिरिएका बादलले आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल

रामबहादुर थापा

काठमाडौं, २७ जेठ । नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् । यसअघि थापा महिला आयोगमा थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाएका हुन् ।

उसो त यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक