गायक दिप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

दीप श्रेष्ठ

इटहरी, २८ जेठ। नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक दिप श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको छ। गायक दीप श्रेष्ठ कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमणसँगै उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। आज भने उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनी अब घरमै स्वास्थ्य लाभ गर्नेछन् । उनि पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका हुन् । यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदाइ गर्ने क्रममा उनकै लोकप्रिय गीतहरु गाएर सम्मान व्यक्त गरेका छन् ।

deep shrestha

गाएक श्रेष्ठ एक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचसमेत रहँदै आएका थिए। गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सुशिल नेपालले उनको अस्पतालबाट विदा भैरहेको भिडियो फेसबुकमा अपलोड गरेका छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले र हुँ यात्री एउटा गाएर विदा गरेका हुन् । ह्विलचेयरमा बसेर अभिभादन गर्दै अस्पतालको क्याबिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर बिदाई गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक