ज्ञानेन्द्र शाहीको समूहमाथि आ’क्रम’ण गर्ने पाँच जना पक्राउ

ज्ञानेन्द्र शाही

काठमाडौं, २९ जेठ । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ’क्रम’ण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्रम’ण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्रम’णमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झड’प भएको बताए । एसपी भट्टले भने, ‘यो आ’क्रम’ण भन्दा पनि दुई समूहबीच झड’प भएको हो । प्रहरी टोली घ’टना स्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आ’क्रम’ण बाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घा’इते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रग’त बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ । शाहीले सामाजिक सञ्जालमा आफू सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं माथि आ’क्रम’ण भएको उल्लेख गरेका छन् ।

शाही सहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खत’रामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् । शाही माथि योसँगै सुर्खेतमा तीन पटक आ’क्रम’ण भएको छ । शाहीको समुहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक