घाममा बस्नुका फाइदाहरु यस्ता छन्: बच्न सकिन्छ क्यान्सर, डिप्रेसनबाट !

घाम - sun

जुनसुकै मौसम किन नहोस्, सूर्यको प्रकाशले हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ । झन्, जाडो मौसममा त यसको प्रभाव बढी हुन्छ किनकि सूर्यको प्रकाशले नै हाम्रो शरीरलाई आवश्यक तापक्रम उपलब्ध गराउँछ ।

तर, घाम ताप्दा के फाइदा हुन्छ र यसबाट फाइदा कसरी लिने भन्ने हामीलाई थाहा नहुन सक्छ । अनि यसको नोक्सानबाट कसरी बच्ने भन्ने थाहा नहुन सक्छ ।

सूर्यको प्रकाशका कारण चाहिँ हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ । सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् । शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउँछन्, त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

यतिमात्र होइन, सूर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्छ । साथसाथै सूर्यको शरीरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बरु यसले हामीमा खुसी बढाउँछ ।

फेरि के कुरामा सचेत हुनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाइदा हुँदैन । लामो समय बस्दा चाहिँ एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook