नारायणी, राप्ती लगायतका नदी किनारामा रहने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

नारायणी नदी

चितवन, १ असार । स्थानीय प्रशासनले नारायणी, राप्ती लगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेल द्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मा’र्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्न र नगराउन अनुरोध गरिएको छ ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार सडक खण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ ।

कालिखोला, जलवीरे, सत्र किलो लगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए । सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook