निरन्तर वर्षाका कारण बागलुङमा तीन घर विस्थापित

बागलुङ, १ असार । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका हुन् । जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा सडक माथि र सडक मुनीका तीन घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

रेश जोड्ने कच्ची सडक भासिएर तीनवटा घर उच्च जोखिममा परेको र अहिले सडकमा निरन्तर पहिरो खसिरहेको हवारीले बताए । पहिरोका कारण सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएको भन्दै विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको काठेखोला गाउँपालिकाका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

अहिले घ’टना स्थलमा प्रहरी समेत परिचालन भइसकेको छ । जिल्लाका अन्य स्थानमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइराखेको हुँदा संभावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक