बेपत्ता भएका ७ जना गोठालाहरूको सकुशल उद्धार

बेपत्ता

जाजरकोट, ४ असार । प्रहरीले जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका ७ जना गोठालाहरूको सकुशल उद्धार गरेको छ । हावाहुरीका कारण ४ दिनदेखि कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो ।

बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्री सहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

जुम्ला र जाजरकोटको सिमाना कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया शुक्रबार बिहान भेटिएका हुन् ।

जाजरकोट प्रहरीका अनुसार खाना नखाएका र चिसोका कारण उनीहरुको अवस्था नाजुक भएकाले प्राथमिक उपचार पाटनमा नै गरिएको छ । मंगलबार गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाउँपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जनामध्ये सातजना बेपत्ता भएको थिए ।

जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा म’रेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घ’टनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घ’टना स्थल तर्फ पठाएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक