बूढीगण्डकी नदीले दुई घर बगायो, थप सात घर उच्च जोखिममा

बाढी

गोरखा, ४ असार । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रा सहितको खोर समेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

“पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उनले भने, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिममा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक