इँटा भट्टाको खाल्डोमा एक बालकको शव भेटियो

child death

काठमाडौं, ५ असार । भक्तपुरमा इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीका राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो ।

शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।

शवलाई पो’ष्टमा’र्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घ’टना सम्बन्धमा थप अनुस’न्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक